उर्लाबारी । मोरङको उर्लाबारी–६ का ५५ वर्षीय तिलक आचार्य क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । दुई वर्षदेखि उहाँको चिउंडोमा गांठागुठी देखापरेको थियो । त्यसको आकार बढ्दै गएर अहिले टाउकोमा दुखाई सुरु भएको छ ।
पीडादायी जीवन जीउन वाध्य उहाँको आर्थिक अभावका कारण उपचारमा समस्या परेको छ । आफ्नो उपचारका लागि उहाँले आर्थिक सहयोग गर्न सबैसंग अनुरोध गर्नुभएको छ । सहयोग गर्न चाहने महानुभावले ९८१२३८३२१६ नम्बरको मोवाइल नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय