
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा लामो समयदेखि कार्यरत रहनुभएका प्रशासकीय अधिकृत मुरारी घिमिरेलाई विदाई गरिएको छ ।
२०५५ साल पौष ५ गतेबाट निजामती प्रशासनमा सेवा प्रारम्भ गर्नुभएका घिमिरे उमेर हदका कारण २०८१ असार ५ गतेबाट अनिवार्य अवकाश हुनुभएपछि विदाई गरिएको हो । उर्लाबारी नगरपालिकामा २०७५ चैत ५ गतेबाट कार्यरत रहनुभएका घिमिरेले तत्कालिन उर्लाबारी गाविसमा पनि सचिव र शाखा अधिकृत गरी तीन वर्ष काम गर्नुभएको थियो । घिमिरेकै विदाईका लागि नगरसभाको १२ औं अधिवेशन आज गरिएको थियो । उहाँलाई जनप्रतिनिधिसहित कर्मचारीहरुले खादा, माला, पुष्पगुच्छा, मायाको चिनो प्रदान गरेका थिए ।