
बिराटनगर, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका मोरङको रंगेली नगरपालिका- ४ स्थित लागुऔषधको बिक्री बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय भुवनेश्वर प्रसाद साह र रंगेली-९ का २५ बर्षीय सागर यादवको साथबाट ३१ ग्राम ४९ मिलिग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका- ८ का २७ बर्षीय मनोज साह र बराहक्षेत्र- ६ का २५ बर्षीय मोहन साहलाई डिकोलिक र ट्रमाडोल गरी २९२ ट्याब्लेट नियन्त्रित औषधी सहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरले र अस्थाई प्रहरी पोष्ट पत्रंबारीबाट खटिएको प्रहरी टोलीले धरान १९ का ३२ बर्षीय सुमन रायमाझीलाई २५० ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।