
रबिन्द्र बराल,रंगेली
मोरङको रंगेली नगरपालिकाले अति विपन्न परिवार का महिला हरूका लागि सिलाई कटिङ तालिम सम्पन्न गरेको छ। गत बर्ष बेषिक काेर्ष र यस बर्ष एड्भान्स काेर्ष तालिम सम्पन्न गरेको हाे ।
नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सन्चालन समेत गर्दे आईरहेकाे छ । साेहि क्रममा चैत्र २५ गते देखि बैैैशाख १६ गते सम्म ४५ दिने एड्भान्स सिलाई कटाई सीप विकास तालिमकाे एक कार्यक्रमकाे आयोजना गर्दे सम्पन्न गरेको हाे । कार्यक्रमकाे प्रमुख अथिति रंगेली नगरपालिका प्रसाशकिय अधिकृत ओमकार प्रसाद न्यौपाने, प्रशिक्षक निर्मला शाही, शान्ता पहाडी भट्टराई, कमला सोरेन, पूजा मण्डलल, मिना ऋषिदेव, रेषिता कुटु
महिला लगायतकाे सहभागी रहेको थियोे । तालिममा सहभागी मनिमा मुर्मु ले भनिन् विगतका दिनहरूमा आफूहरूले घरमा बसेर जन मजदुर गरेर आफ्नो परिवार पालनपोषण गर्दै आएर आइरहेता पनि अहिले नगरपालिकाले यसरी सिलाई कटिङको तालिम दिएपछि आफूहरुले गाउँघरमाा बसेर केही गर्न सकिन्छ भनेर सहभागी भएको उनले बताईन । आफूले सुरुको समयमा सिलाई कटिङ गर्न जाँदा गाउँ घरमा मलाई हेर्ने नजर भिन्दै रहकाे भएता पनि आफूलेे साे कुराकाे कुनै प्रहवा नगरि सिलाई कटिङ गरेको र अहिले आफूले आमतोला चोकमा एउटा सानो व्यवसाय समेत सन्चालन गरेको मनिकाले बताईन । सहभागी हरुले ४५ दिनको अवधिमा ब्लाउज, साया हाते व्याग, बालबालिका हरु काे भाेटाे ,सट लगायत का सामग्री हरु सिलाउन सक्ने सहभागी हरु ले बताए । रङ्गेली नगरपालिका भित्र रहेका सन्थाल समुदाय, ऋषिदेव र अतिविपन्न समुदाय हरु लाई लक्षित गर्दे महिला हरु का लागि यस्तो कार्यक्रम गर्दे आईरहेकाे र आगामी दिन हरुमा समेत यसलाई निरन्तरता दिदै जाने नगरपालिकाले जनाएको छ ।