
उर्लाबारी नगरपालिकाबाट विभिन्न समयमा ढाका बुनाई तालिम लिएका महिलाहरु उद्यमी बनेका छन् ।
ढाका, सिलाइकटाइ, व्युटी पार्लरलगायतको तालिम लिएर उनीहरु आत्मनिर्भताको बाटोमा अघि बढेका छन् । आज तिनै उद्यमी महिलाहरुको व्यवसायको अवस्थाका बारेमा आज अनुगमन गरिएको छ । नगर उपप्रमुख मीना खतिवडा पौडेलको नेतृत्वमा सामाजिक विकास शाखा प्रमुख चन्द्रकला सुब्बालगायतले वडा नं. ९ का उद्यमी महिलाहरुसँग भेटघाट गरी व्यवसायको अवस्था, बजारीकरण, समस्याका विषयमा जानकारी लिनुभएको हो । नगरपालिकाबाट तालिमसहित तानसमेत प्राप्त गरेपछि व्यवसाय सञ्चालन गर्न सहज भएको साथै उत्पादन भएको सामग्री वितरणमा कुनै समस्या नभएको उद्यमी महिलाहरुले बताउनुभयो ।