विराटनगर । माओवादी केन्द्र निकट याेंग कम्युनिस्ट लिग (वाईसिएल)ले माेरङकाे कटहरी चाेकमा स्वास्थ शिविर गरेकाे छ ।
वाईसिएल कटहरी गाउँ कमिटीकाे आयाेजनामा भएकाे शिविरमा १६० भन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् । शनिबार बिहान ८:०० बजेदेखि ११:३० बजेसम्म सञ्चालन भएकाे शिविरमा सिफा पाेलिक्लिनिक एण्ड डाईग्नाेष्टिक सेन्टर विराटनगरले प्राविधिक सहयाेग गरेकाे वाईसिएल कटहरीका सहसचिव आर्यन स्वर्णकारले जानकारी दिए ।
शिविरमा सुगर, थाईराईट, प्रेसरलगायत जाँच भएकाे थियाे । शिविरमा स्वास्थ्य जाँच गर्दा कुनै राेग देखिएमा अवस्था अनुसार निःशुल्क ओैषधि उपलब्ध गराउने उनले बताए ।
स्वास्थ शिविरमा YCL नेपालका केन्द्रीय सदस्य तथा वाईसिएल माेरङ ईन्चार्ज दिपक आलेमगर, अहिले अवस्थामा युवा हरु एक ढिका भएर अगाडी बड्न आव्हान गर्नु भयो। YCL नेपालका मोरङ जिल्ला अध्यक्ष याेगेन निङ्लेकु, सचिव माेहम्मद रेहान, वाईसिएल जिल्ला सदस्य तथा माओवादीकमे कटहरी ३ वडाध्यक्ष दिपेश कामत, वाईसिएल जिल्ला सदस्य अवधेश राय, कटहरी अध्यक्ष निराजन राय, सचिव शेक कविर अलिका साथै वाईसपएल कटहरी गाउँ कमिटीका सदस्यहरूकाे उपस्थिति थियाे ।
शिविरलाई स्थानीय समाजसेवी सीता साह र अम्बिका साहले सहयाेग गरेका थिए । मधेश आन्दोलनका क्रममा सहिद भएका निर्मल राजवंशी र राजकुमार कामतकाे शालिकमा माल्यार्पण गरेर शिविर सुरू भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय