इलाम, इलामको इलाम नगरपालिका-११ निन्दाकुमा रुखको हाँगाले लागेर १ जनाको मृत्यु भएको छ । हिजो साझँ साढे ६ बजे निजि वनमा गोलीयाको लागी रूख काट्दै गर्दा अचानक रूखको हाँगाले लागेर स्थानीय ७२ बर्षिय नेत्र प्रसाद श्रेष्ठ गम्भिर घाईते भएका थिए ।
घटना बारेमा जानकारी पाउनासाथ प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारकोलागी जिल्ला अस्पताल इलाम पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । घटना बारेमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय