संखुवासभा, संखुवासभाको सभाखोला गाउँपालिका-१ लेब्राङ स्थितमा सभाखोलाले बगाएर १ जना पुरुष मानिसको मृत्यु भएको छ । हिजो दिउँसो पाँचखपन नगरपालिका-३ का ३३ बर्षीय भेषराज काल्पा मगरले खोलामा गाई तार्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो । खोलाले बगाएको स्थानबाट करिव ४ किलो मिटर टाढा रिपेनी घाटमा मगर मृत अवस्थामा फेला परेका थिए ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहितको टोली खटि मृतक लाशको आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय