
उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. ६ को आयोजनामा बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
नोवेल मेडिकल कलेज विराटनगरको प्राविधि सहयोगमा भएको शिबिरमा ४ सय ७० जनाले सेवा लिएका छन् । शिबिरमा विशेषज्ञ डाक्टरहरु र ल्याव परिक्षणसहितकोे सेवा दिएको छ । शिविरमा जनरल फिजीसियन तथा छाला रोगको विशेषज्ञको सेवा १९६, प्रसुति तथा स्त्री रोगको सेवा ६६, जोर्नी तथा नशा रोग विशेषज्ञको सेवा १२३ , शल्यक्रिया तथा नाक कान घाटी रोग विशेषज्ञको सेवा ९१ , दन्त रोग रोग विशेषज्ञको सेवा ६२, बाल रोग रोग विशेषज्ञ को सेवा ३३, आँखा रोग विशेषज्ञको सेवा १६४, मुटु रोग ( ईसिजि) सेवा ८१ विशेषज्ञ डाक्टरसहितको टोलीले सेवा दिनुका साथै ल्याव परिक्षण १२१ र भिडियो एक्सरेको सेवा १२२ जानाले लिएको उर्लाबारी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले जानकारी दिनुभयो । शिबिरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।