उर्लाबारी । उर्लाबारी नगरपालिकाले उद्यमी महिलाहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम (TOT) प्रदान गरेको छ ।

नगरका विभिन्न वडाका २० जना महिलालाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको हो । १० दिनसम्म सञ्चालित उक्त तालिम सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच नगर उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, लेखा अधिकृत गोविन्द कार्कीले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा नगर उपप्रमुख मीना खतिवडा पौडेलले नगरपालिकाको सहयोगमा उद्यमी महिलाहरु प्रशिक्षक बन्नुभएकोमा बधाई दिँदै थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । उर्लाबारी नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न किसिमका तालिम प्रदान गरी आवश्यक सामग्री पनि प्रदान गर्दै आएको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले महिलाहरुलाई आत्मनिर्भर बन्न यस किसिमका तालिमले सहयोग पुग्ने बताउनुभयो । तालिममा प्राविधिक प्रशिक्षण प्रतिष्ठान ( TITI) की प्रशासकीय अधिकृत विमला देवकोटा र ट्रेनर प्रियंका भण्डारीले सहजीकरण गर्नुभएको थियो । नगरपालिकाले प्रदान गरेका विभिन्न सीपको पहिलो र दोस्रो चरणको तालिम लिएर ‘स्किल टेस्ट’ पास गरेका २० जनालाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको सामाजिक विकास शाखा प्रमुख चन्द्रकला सुब्बाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय