
उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा युवा ब्यवसायी पवन चौधरीले अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् ।
संघको कार्यसमिति सदस्य भई काम गरिसकेका चौधरीले वर्तमान अवस्थामा संघले आम ब्यवसायीहरुको भावनाअनुसार काम गर्न नसकेका कारण अध्यक्षमा उम्मेद्वारी दिने बताउनुभएको हो । ‘संघले ब्यवसायीहरुको हितमा काम गरेन’ उहाँले भन्नुभयो–‘सानादेखि ठूला ब्यवसायीहरुको पिरमर्कामा कसैले बोलेनन्, अब मैले पनि यस पटक अध्यक्षमा उम्मेद्वारी दिने मनसाय बनाएको छु, सबैको साथ र सहयोग पाउनेमा आशाबादी छु ।’ आर्थिक संकटका कारण ब्यवसायीहरु निकै समस्यामा परेको र कतिपय पलायन भइसकेको अवस्थामा समन्वयकारी भूमिका खेल्न आवश्यक रहेको उहाँको भनाई छ । उर्लाबारीका ब्यवसायिक हब बनाउन स्थानीय तह र संघ मिलेर अघि बढ्न अतिआवश्यक रहेको उहाँले बताउनुभयो । संघको निर्वाचन भदौं पहिलो साता हुने सम्भावना रहेको छ ।