
बिराटनगर, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वाधानमा संचालन भएको ७ कार्य दिनको “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” तालिमको पहिलो र दोस्रो समूहका प्रशिक्षार्थीहरुद्वारा बिपद उद्दार सम्बन्धि डेमो प्रदर्शन गरेका छन् ।
आज अपरान्ह कोशी प्रदेश प्रहरी तालिम केन्द्रको खेल मैदानमा भएको प्रदर्शनीमा प्रशिक्षार्थीहरुले प्राकृतिक स्रोत साधन तथा FIRE EXTINGUISHER, FIRE SHUTTLE, FIRE BALL र दमकल समेतको प्रयोग गरी आगोलागी नियन्त्रण, आगोमा परेर घाईते भएका हरुको उद्दार, सवारी दुर्घटनामा परेर घाईते भएको ब्यक्तीको प्राथमिक उपचार पश्चात उद्दार गरी अस्पताल सम्म पुर्याउने तथा घटनास्थल सुरक्षा, आगोलागी नियन्त्रणमा प्रयोग हुने बिपद सामाग्रीको प्रयोग, ग्याँस सिलिण्डरमा भएको आगोलागी नियन्त्रण, शरिरमा आगो लाग्दा निभाउने तरिकाको अभ्यास प्रदर्शन गरेका थिए । विपद व्यवस्थापन तथा प्रतिकार्य तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई डा. किशोर पौडेलले घटना स्थलमा गरिनु पर्ने प्राथमिक उपचार तथा सिघ्र सुबिधा सम्पन अस्पताल सम्म पठाउने कार्यको बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिमकेन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेले प्रशिक्षार्थीहरुले प्रदर्शन गरको उक्त डेमोस्ट्रेसनको प्रशंसा गर्नु हुदै तालिममा सिकेका ज्ञानलाई कार्य क्षेत्रमा त्रुटि रहित तवरले कार्य सम्पादन गर्न निर्देशन दिनुका साथै अन्य सहकर्मी प्रहरी कर्मचारीहरुलाई समेत उक्त ज्ञान सिकाउन अनुरोध गर्नु भएको थियो ।
डेमो प्रदर्शनीमा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ट उपरीक्षक जयराज सापकोटा, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।