उर्लाबारी । संचारकर्मी सम्झना राई र किरात धार्मिक वन कानेपोखरीका अध्यक्ष रामकाजी राईबीचको विवाद मिलेको छ ।
आज इलाका प्रहरी कार्यालय पथरीमा भएको छलफलमा अध्यक्ष रामकाजी राईले गल्ती स्विकार गर्दै क्षमायाचना गरेपछि विवाद मिलेको हो । दुबै पक्षले सद्भाव र भाइचारा सम्बन्ध स्थापित गराउँदै अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन् ।
समाचार संकलनका क्रममा जेठ २३ गते बुधबार मोरङको कानेपोखरी गाउँपालिकामा किरात राई समूदायको उभौली पर्व (साकेला) कार्यक्रमको समापनमा पुगेकी संचारकर्मी राईमाथि दुव्र्यवहार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय