उर्लाबारी । मोरङको बेलबारीमा जारी मोरङ जिल्ला ए डिभिजन फुटबल प्रतियोगितामा युनाईटेड स्पोट्र्स क्लब विजयी भएको छ ।
आज भएको खेलमा उर्लाबारी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै युनाईटेड स्पोट्र्स क्लब विजयी भएको हो । विजयी युनाईटेड स्पोट्र्स क्लबले ३ अंक जोडेको छ । युनाईटेड स्पोट्र्स क्लबका अनिल परियार र विशाल थारुले १÷१ गोल गरेका थिए । खेलको म्यानअफ दी म्याच युनाईटेड स्पोट्र्स क्लबका अनिल परियार भए । उनलाई मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष प्रकाश मास्केले नगद १ हजार हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय