
उर्लाबारी । मोरङ जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।
जिल्ला फुबटल संघ मोरङको आयोजनामा जेष्ठ २१ देखि सो प्रतियोगिता सञ्चालन भइरहेको हो । प्रतियोगितामा उद्घाटन दिनको खेलमा हरैचा स्पोर्टस् क्लब र नवप्रगतिशिल युवा समाज क्लबीच बराबरीमा टुंगिएको छ । दुबै टिमले निर्धारित समयसम्म कुनै गोल गर्न सकेनन् । दुबै टिमले १–१ अंक बाँडे । त्यस्तै, चारतारे युवा क्लब र साइनो स्पोर्टस् क्लबबीच भएको खेल पनि बराबरीमा टुंगिएको छ । दुबैतर्फबाट कुनै गोल भएन । र, १–१ अंक बाँडेका छन् । त्यस्तै, उर्लाबारी फुटबल क्लब र बेलबारी फुटबल क्लबबीचको खेल पनि १–१ गोलमा बराबरी भएको छ । दुबै टिमले १–१ अंक बाँडे । त्यस्तै, मुनाल स्पोर्ट्स र युनाइटेड स्पोट्स क्लबबीच पनि १–१ को बराबरीमा खेल टुंगिएको छ । दुबैले १–१ अंक बाँडे । असार ४ गतेसम्म हुने प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउने छ । ए डिभिजन लिगमा मोरङका १० टिमको सहभागिता रहेको अध्यक्ष सञ्जिब बुढाथोकीले जानकारी दिनुभयो ।