उर्लाबारी । मोरङको उर्लाबारी–७ मा शनि मन्दिर निर्माण गर्ने तयारी भइरहेको छ ।
स्थानीय डिकबहादुर कटुवालले डेढ कट्ठा जग्गा निशुल्क दिएपछि मन्दिर निर्माण गर्ने तयारी गरिएको हो । उर्लाबारीमा शनि मन्दिर नभएका कारण अन्य स्थानमा पुजाका लागि जानु पर्ने बाध्यताको अन्त्य गर्न चाँडै मन्दिर निर्माण सुरुवात गर्ने अध्यक्ष यज्ञबहादुर बस्नेतले बताउनुभयो । करिब २ करोडभन्दा बढीको लागतमा सुविधासम्पन्न सभाहलसहितको मन्दिर बनाउने उहाँको भनाई छ ।
मन्दिर निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा रहेको उपाध्यक्ष हेमराज अग्रवालले बताउनुभयो । उर्लाबारीमा शनि मन्दिर आवश्यक रहेको बताउँदै सबैलाई सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय