
खड्ग बेदना
सोमबारे । दलित समन्वय समितिले रतुवामाइ नगरपालिकाका सरकारी बिद्यालयमा अध्यनरत दलित बिद्यार्थीहरूलाई बिहीबारदेखि शैक्षिक सामग्री बितरण कार्यक्रम सुरू गरेको छ ।
रतुवामाई नगरपालिकाबाट लक्षित वर्ग अन्तरगत दलित शिर्षकमा बिनियोजित ५ लाख बजेटबाट रतुवामाई नगरपालिकाका ४१ वटा सरकारी बिद्यालयमा अध्यनरत कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका दलित बिद्यार्थीलाई एक÷एक दर्जन कपि, कलम र पेन्सिल बितरण कार्यक्रम सुरू गरिएको छ । बिहिबार रतुवामाई नगरपालिका वडा नं. ३ को वडा कार्यलयमा एक कार्यक्रम गरी रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वरप्रसाद सिंह गनगाईले ब्यानरमा हस्ताक्षर गरि सो शैक्षिक सामग्री बितरण कार्यक्रमको बिधिवत् रूपमा उद्घाटन गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथिका रूपमा रहनु भएका नगरप्रमुख गनगाईले बोल्दै बिगतमा जस्तो सरकारीमा बिद्यालयमा दलित बिद्यार्थीको नाममा आएको दलित छात्रबृत्ति रकम बिद्यालयले नै हिनामिना गर्ने कामलाई अबदेखि नगरपालिकाले रोक्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘जुन जाति, बर्ग, समुदायलाई बिद्यालयमा सरकारी छात्रबृति आउँछ, तिनै जाति, बर्ग र समुदायका बिद्यार्थीले उपभोग गर्न पाउनुपर्छ,यो मेरो मान्यता हो ।’ सो शैक्षिक सामग्री बितरण कार्यक्रम अन्तरगत बिहिबार रतुवामाई नगरपालिका वडा नम्बर ३ र २ का ८ वटा बिद्यालयका ३ सय भन्दा बढी दलित बिधार्थीहरूलाई बितरण गरिएको थियो ।