
उर्लाबारी /उर्लाबारी जेसिजको आयोजना तथा पन्चावती हस्पिटल प्रा लिको प्राबिधिक सहयोगमा उर्लाबारी नगरपालिका वडा न ८ स्थित बहादुरबाबा आ बि का विद्यार्थीहरु लक्षित आधारभूत स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता उर्लाबारी जेसिज बर्ष २०२४ का अध्यक्ष नवीन श्रेष्ठले गर्नु भएको थियो भने प्रमुख अतिथिमा उर्लाबारी नगरपालिका वडा न ८ का अध्यक्ष कुल बहादुर कार्की रहनु भएको थियो। कार्यक्रममा उर्लाबारी जेसिजका पुर्व अध्यक्ष पवन अग्रवाल, वडा सदस्य रुद्र लामिछाने , बिधालय समिति अध्यक्ष भक्त बहादुर खड्का , बिधालय प्र. अ. गिता कार्की साथै स्थानीय अभिभावकहरु र जेसिज मनहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण पन्चावती हस्पिटलका स्वस्थ्यकर्मी बालचन्द्र सुब्बाले गर्नु भएको थियो। सो कार्यक्रमबाट ४५ जना विद्यार्थीहरुले लाभान्वित भएको थिए । कार्यक्रमको संयोजक उर्लाबारी जेसिज बर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष रोशन घिमिरे रहनु भएको थियो भने उर्लाबारी जेसिज बर्ष २०२४ का महासचिव रन्जित श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो ।
https://www.youtube.com/watch?v=t4OZOinPoJo