
उर्लाबारी । विश्व महिनावारी दिवसको अवसरमा मोरङको उर्लाबारीमा सेनिटरी प्याडलाई कसरी घरमा आफैं निर्माण गर्न सकिन्छ भनेर तालिम दिएको छ ।
रोक्ट्रयाक क्लब अफ उर्लाबारीको आयोजनामा सो तालिम दिएको हो । प्रमुख अतिथि उर्लाबारी वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, विशिष्ट रोटरी क्लब अफ उर्लाबारीका अध्यक्ष विनोद न्यौपाने, इलाका प्रहरी कार्यालय उर्लाबारीका बाबुराम खनाललगायत रहनुभएको थियो । उर्लाबारी–६ को राधिका मावि, मोरङ मोडल मावि, कुडोस विद्या सदन स्कुल, लालिगुँरास स्कुल, होलिचाल्ड मावि, सिसौली,तरण चोक, धावने चोक, सूर्यचोक ए र वि, सिमानाबस्ति गरी ६ वटा बाल क्लबहरुको पनि सहभागिता रहेको थियो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट जनचेतनामूलक कार्यक्रम समेत गरिएको छ । लागुऔषध र बालअधिकार सम्बन्धि जानकारी गराइएको छ । उर्लाबारी वडा नं. ६ र १ बालमैत्री वडा घोषणा हुने क्रममा रहेका छन् । सेनिटरी प्याडलाई कसरी घरमा आफै निर्माण गरी बनाउन सकिन्छ । त्यसलाई पुनः कसरी प्रयोगमा लगाउन सकिन्छ भनेर भिडियोसहित सबै प्रतिनिधि विद्यार्थीहरूलाई सिलाउन लगाएर सिकाएको थियो । जसमा रियुसवाला प्याडको माध्यमबाट वातावरणलाई समेत सहयोग पु¥याउन सकिन्छ भन्न उद्देश्यले कार्यक्रम गरिएको थियो । कार्यक्रम क्लबका अध्यक्ष सुनिल सुबेदीको सभापतित्वमा भएको थियो ।