केदार चौहान
उर्लाबारी । उर्लाबारी – ७ मा महिला उद्यमीको नामले परिचित हुंदै आएकी नरमाया खनाल दंगालमा प्रविधियुक्त बनाएर लान सके स्थानीय तथा बिदेशमा समेत उत्पादित सामान बेच्न सकिने र उर्लाबारीलाई ब्यापारिक हब बनाउन सकिने हुटहुटी जागेको छ।
आफ्नै घरमा उनीका विभिन्न किसिमका कपडा बुनेर आफ्नो पौरख र मेहनतले नै गर्दा बिगत १४ बर्षदेखि घरायसी सजावटका सामग्री हातले बुनिरहेकी उनले ३ बर्ष अघिदेखि मेशिनबाट स्कूलका ड्रेसलगायतका सामान बनाउन थालेपछि उनलाई ड्रेसमा लोगो पनि लगाउन सके उर्लाबारी बजार ब्यवसायिक रुपमा विकसित हुने उनको भनाई छ । उनलेे स्वदेशमै उद्यमी बन्न सबैलाई आग्रह गर्दै स्थानीय महिलाहरुलाई रोजगारी पनि दिंदै आएकी छन् । यस्ता उद्योग सञ्चालन गर्न उनीमा लोगो बनाउने मेशिन ( डेब्रिडी मेशिन) उर्लाबारीमा नहुँदा लोगो बनाउन समस्या भएको उनको दुखेसो छ। उक्त मेशिन यहाँ हुने हो भने रोजगारी बढ्ने,अन्यत्र धाउनु नपर्ने , छिमेकी पालिकाहरुको ब्यवसायिक केन्द्र उर्लाबारी बन्ने अवस्था आउने उनको भनाइ छ। उक्त मेसिनका लागि बिराटनगर र भद्रपुर जानु परेकोले समय र नगद पनि बाहिरिनुका साथै धेरैलाई रोजगारी दिन नसकिने उनले गुनासो गरेकी छन्। उनी भन्छिन् -´ मेहनत र जाँगर हुने हो भने स्वदेशमै कमाई गर्न त सकिन्छ तर डेब्रिडी मेशिन जस्ता उपकरण पनि उर्लाबारीमै हुने हो भने धेरै महिला सीपयुक्त हुन्छन्, गर्जो टर्छ, नगद उर्लाबारीमै बस्नुका साथै उर्लाबारी ब्यवसायिक केन्द्र पनि बन्ने थियो।’ उद्यमी नरमाया दंगालले यहाँ विवाहमा बेहुला बेहुलीलाई ओढाउने छाता, बेहुला बेहुलीले बोक्ने पैसा हाल्ने ढाकी ,पत्र लाउंदा लाने ठेकी, बच्चाको पास्नीमा प्रयोग गरिने सामान लगायतका सामग्रीहरु बनाउने, बिक्री गर्ने र भाडामा दिने गरेको बताएकी छन्। उनले यस्ता सामान बाहिरबाट मगाउने अवस्थाको अन्त्य गर्दै मखमलको छाता बनाउन थालेकी हुन्।
घरका कोठाहरुमा हातले बनाएका सामान झुमर, एैना, गाग्रा,छाता,टोपी ,मख्लर ,स्वीटर लगायतका बस्तुले उनले बेहुली झै सिंगारेकी छन् । उनले मकैको खोस्टाको फूल,ब्याजलगायतका सामग्री बनाएर प्रशस्त आम्दानी गरिएको बताउँदै अरुलाई पनि यस्ता कामको सीप सिकेर स्वरोजगार बन्न आग्रह गरेकी छन्। उनले सीप सिक्न आउन आग्रह पनि गरेकी छन् ।
शुरुमा आफ्नै लागि मात्र बजारबाट कच्चा पदार्थ किनेर घरायसी सजावटका सामान बनाउन थालेकी उनले यतिबेला जिल्लाका बजारको त कुरै छाडौं छिमेकीको माग समेत धान्न सकेकी छैनन् ।
विबाह, पार्टी लगायतका उत्सवका लागि उनका घरैमा आएर आफूलाई आवस्यक पर्ने बस्तुको छिमेकीले अर्डर दिने गरेको उनी बताउँछिन् । सिरु र काँसका ढाकी, बेहुलीले बोक्ने पर्स, अतिथि स्वागतका लागि गाग्रा, एैना र झुमर उनले बनाएर जिल्लाका ठुला ठुला बजारका व्यापारी र छिमेकीलाई बिक्री गर्ने गरेकी छन्। शुरुमा मायाको चिनो स्वरुप सित्यैंमा दिने गरेकी उनलेे यतिबेला लगानी र परिश्रमको मूल्य लिएर दिने गरेको बताएकी छन् । उनलेे उत्पादन गरेका सामान मोरङका कानेपोखरी,लेटाङ,उर्लाबारी ,मिक्लाजुङ, रतुवामाई लगायतका पालिका र मोरङ,झापा, सुनसरी , पाँचथर , झापाका बिशेष गरेर बोर्डिङहरुमा पुग्ने गरेका छन्।
उनको उद्योगमा अहिले मेशिन चलाउने २ जना, सिलाई गर्ने २ जना , कटिङ गर्ने १ जना र हातले बुन्ने १० जनाले रोजगार पाइरहेको उनको भनाई छ। दर्जन बढी महिलाहरूले आ-आफ्नै घरमा बसेर उद्यमका कामहरु गर्दै आएको र उनीहरुले आ-आफ्नो घर खर्च टार्दै आएको उनले बताएकी छन् । उनीहरुले ढिलो सीप सिकेका वडा अहिले पछुतो मानिरहेको बताइएको छ।
वडा कार्यालय ,नगरपालिका , घरेलुु उद्योग कार्यालय मोरङले बिगतमा पनि सहयोग गर्दै आएको र पुन सहयोगको आशा राखेको उनी बताउँछिन् । उनले आफ्नो कामको मूल्यांकन गरेर सामाजिक विकास मन्त्रालयले ५०,०००/ नगद सहित सम्मान पाएको बताएकी छन् ।
एक स्टेप झुमरको १ हजार ५ सय र तीन स्टेपको ३ हजारसम्म ग्राहकबाट लिने गरेको उनी बताउँछिन्। उनी भन्छिन् ,’दिनमा २ घन्टा समय तीन दिन निकाले भने ३ हजार कमाई हुने गरेकाे छ।’
उनले अहिले विदेश(युके) सामान पठाएको र युकेबाट पुन सामानको अर्डर आएको पनि जानकारी दिएकी छन् ।उनले दिदीबहिनीहरूलाई सिप सिक्न आउन आग्रह गर्दै सबैलाई आत्मनिर्भर बन्न आग्रह गरेकी छन्।
नरमाया हस्तकलाकी कुसल प्रशिक्षक पनि हुन् । उनलाई उर्लावारी नगरपालिकाले महिला लक्षीत कार्यक्रमका लागि छुट्याएको बजेटबाट कार्यक्रम संचालनको अनुमती पनि दिने गरेको छ । केही वर्ष अगाडि १५ जना महिलालाई उनले सीप सिकाएकी थिईन् । अहिले सम्म ४० जना भन्दा बढी महिलालाई हस्तकला विधामा आफूले निपूर्ण बनाएर सीप सिकेका महिला व्यवसायीक बनाउने क्रममा उनी लागिपरेकी छन् । यसै वर्ष पनि उनले नगरपालिकाको सहयोगमा २० जना महिलाहरूलाई सिप सिकाइसकेको र नौवटै वडाका सहभागी महिलाले सीप सिकेको बताएकी छन्। सिकेको सिप व्यवहारमा लागु गरे भने कोही पनि महिला बेरोजगार बन्नु नपर्ने उनको तर्क छ । यसै बीच सहभागी रेखा धिमाल र भूमिका श्रेष्ठले सीप अधुरो भएको र वडास्तरमा पनि यस किसिमका कार्यक्रम ल्याउनुपर्ने बताएका छन्। उनीहरूले एक महिना तालिम लिएर टोपी मखलर स्विटर लगायतका सामान बनाउन सिकेका हुन्। तर मेसिनका कुन सामान बिग्रिएको छ भन्ने कुराको ज्ञान पाउनका लागि भने तीन महिनाको तालिम हुनुपर्ने सहभागीहरुको भनाइ छ। त्यसैगरी महिला उद्यमी दंगालले उर्लाबारी नगरपालिकाका कारण उर्लाबारीमा मेसिन राखेर स्विटर बुन्न पाएकोमा पालिकालाई धन्यवाद दिएकी छन्। उनले नगर प्रमुख, उपप्रमुख ,कार्यालय प्रमुखहरू, कर्मचारीहरू ,लगायतको सल्लाह अनुसार आफूले काम गर्दै आएको समेत बताएकी छन्। ‘पार्सपोर्ट बनाएर विदेश भौतारिनु भन्दा घरैमा बसेर विदेशको जतिनै आम्दानी लिन सकिने आशमा स्थानीय महिला सीप विकासमा लागिपरेको उनको भनाई छ । विगतमा सातवटा विद्यालय र चारवटा क्याम्पसलाई स्विटर उपलब्ध गराएकी उद्यमी दंगालले यस वर्ष पहाडबाट पनि केही विद्यालयले अर्डर गरिसकेको बताएकी छन्। उनले स्थानीय स्कुलहरूबाट अर्डर आउने समय हुन लागेकोले अब कामको चाप बढ्ने जानकारी दिएकी छन्। नगरपालिकाले स्विटरमा छाप हान्ने मेसिन उपलब्ध गराइदिए स्थानीयले अर्डर गरेको सामान समयमै पाउने उनको भनाई छ।
उनले व्यवसायीक रुपमा उद्यम गर्न नरमाया हस्तकला उद्योग घरैमा खोलेर स्थानीय महिलाहरुलाई रोजगारी दिंदै आएकी छन् । उनले घरैमा कमाएको पैसाले राज्यलाई कर पनि तिर्ने गरेकी छन् । उनले धागो, मोती र फलामे रिङ उर्लाबारीका बजारमा नपाएपछि विराटनगर, धरान, ईटहरी, पथरी र दमकको बजारबाट ल्याउने गरेको बताएकी छन्। लगानी अनुसारको कमाई मनग्ये भएको उनले सुनाईन् । महिला बेरोजगारी भएर हिंडेको देख्दा उनलाई नरमाईलो लाग्दो रहेछ । ‘सीप छैन भने मेरामा आउ, म सित्यैंमा सिकाईदिन्छु,’ उनले भनिन् ‘तर फेसबुक, टिकटक लगायत सामाजिक संजालमा समय खेर नफाल ।’ भाषा जानेर हुँदैन सीप जान्नु पर्ने तर्क उनको गतिलो छ। आफू पनि मोबायल खेलाएर सामाजिक संजालमा गुमाउने समय उद्यममा लगाउने गरेको उनी बताउँछिन्।
‘ईन्फरमेसन लिने हो सामाजिक संजालबाट,’ उनले भनिन् ‘म पनि बिहानको समयमा खाना बनाउँदै सामाजिक संजालमा व्यस्त हुन्छु । तर, मात्र सुचनाका लागि। दिउँसोको समय बच्यो भने आफन्तसंग अनलाईनमा कुरा गर्छु, उनले भनिन् ।
बाह्र वर्ष अघि दमकको चन्द्र शुर्य शिप विकास संस्थामा तालिम लिएर उनी कुसल उद्यमी बनेकी छन् । छिमेकीले पनि उनको लगावदेखेर प्रशंसा गर्छन् । उनकी छिमेकी रचना दाहाल पनि प्रशिक्षार्थी हुन् । उनले भनिन् ‘ नरमाया दिदीले टोलका हरेक महिलालाई सीप सिकाएर स्वरोजगार बन्न अभिप्रेरित गरिरहनु भएको छ ।`
विवाह पूर्व पनि उनले सुईटर, उनिको टोपी लगायतका बस्तु बनाउने गरेकी थिईन् । विवाह पछि श्रीमान् खगेन्द्रको हौसला पाएपछि व्यवसायीक रुपमा उनी उद्यमी बनेकी छन् । राती ८ बजेको समाचार टिभीमा हेरेपछि उनी नियमित घरायसी सजावटका सामान बनाउन थाल्छिन् । उनको काममा श्रीमान्ले पनि साथ दिएका छन् ।उनी भन्छिन् – ‘म बराबर श्रीमानले बुनेर सघाउनु हुन्छ ।’
महिला उद्यमी भनेको महिला वा महिलाहरूको समूह हो, जसले व्यवसाय सुरुवात, व्यवस्थापन र व्यापार चलाउँछन् । एक महिला उद्यमी जो एक आत्मविश्वासवान, रचनात्मक र नवीन महिला हो, जसले व्यक्तिगत स्वतन्त्रताको चाहनाको साथसाथै अरूलाई रोजगारीको अवसर सिर्जना गर्दछ । त्यसैले महिला उद्यमीहरू तिनीहरुलाई मान्न सकिन्छ, जसले व्यवसाय उद्यमको बारेमा सोच्दछन्, यसलाई आरम्भ गर्छन्, उत्पादनको कारकहरूलाई व्यवस्थित र मिलाउँछन्, उद्यम सञ्चालन गर्छन्, जोखिम लिन्छन् र आर्थिक अनिश्चिततालाई ह्याण्डल गर्दछन् ।
आधुनिक समयमा, महिला उद्यमीहरूले व्यापार, व्यापार वा उद्योगमा धेरै महत्वपूर्ण भूमिका खेलिरहेका छन् । व्यवसायमा उनीहरूको प्रवेश भर्खरको उत्पत्ति हो । राजनीति, प्रशासन, चिकित्सा र इञ्जिनियरिङ, प्राविधिक, सामाजिक र शैक्षिक सेवाहरू जस्ता अन्य क्षेत्रहरूमा महिलाले आफ्नो महत्वपूर्ण भूमिका प्रदर्शन गरिसकेका छन् । उन्नत देशहरूमा यो सत्य हो र अब भर्खरका वर्षहरूमा, तिनीहरू हाम्रो देशमा यी क्षेत्रहरूमा प्रवेश गरिरहेका छन् ।
पछिल्लो समय महिलाहरू भान्छाभन्दा बाहिर वा माथि उठेर व्यापार व्यवसायमा आबद्ध भइरहेका छन् । केही व्यवसायहरूमा, महिला उद्यमीहरूले धेरै राम्रो गरिरहेका छन् र उनीहरूले आफ्ना पुरुष समकक्षीहरूलाई पनि पार गरिसकेका छन् । तर, पछिल्लो समय महिलाहरू व्यापार तथा उद्योगमा पनि आफ्नो सामथ्र्य देखाइरहेका छन् । उनीहरूले प्रमाणित गरेका छन्, कि उनीहरू दक्षता, कडा परिश्रम वा बुद्धिमत्तामा पुरुषहरू भन्दा कम छैनन्।
महिला उद्यमीहरूकै कारण लगभग स्थानीय पालिकाका बजारहरूको अर्थव्यवस्थामा वृद्धि भइरहेको छ । व्यवसाय तथा उद्यममा महिलाहरू अघि आउनुको मुख्य कारण ज्ञान, चेतनामा वृद्धि, इच्छाशक्ति तथा सरकारले ल्याएका केही सकारात्मक व्यवस्थालाई लिन सकिन्छ । आफ्नो जीवन र क्यारियरमा स्वतन्त्र निर्णय लिनको लागि प्रेरणादायक कारक हो महिला उद्यमी । महिला उद्यमी यस्तो व्यक्ति हो, जसले आफ्नो व्यक्तिगत चाहनाहरू पूरा गर्न चुनौतीपूर्ण भूमिकालाई स्वीकार्छ र आर्थिक रूपमा स्वतन्त्र हुन जान्छ । ठूलो सकारात्मक परिवर्तन गर्न उद्यमी महिलाहरूको अभिन्न गुण तीव्र इच्छा हो, जो परिवार र सामाजिक जीवन दुवैमा योगदान गर्न सक्षम छ ।
परिवारमा आम्दानी बढाउन महिलाहरू विभिन्न प्रकारका व्यवसायमा संलग्न हुनुपर्दछ र भइरहेका छन् पनि । त्यसैले यसले परिवारको साथै देशको आर्थिक विकासमा पनि मद्दत गर्दछ । धेरैजसो साना तथा घरेलु उद्योगमा महिलाहरू संलग्न छन् । महिलाहरू बढी मात्रामा ढाका उद्योग, मसला, बुटिक, नुडल्स कारखाना, हातबाट निर्मित सामग्री, मसाज थेरापिष्ट, हाउस क्लिनर, सिलाइ तथा कटाइ, कृषि आदि पेशामा संलग्न छन् ।
उद्यमी महिलाहरुले चुनौतीसँगै अवसर पनि हुने भएकोले हिम्मतका साथ अघि बढ्न स्थानीय महिलाहरुलाई आग्रह गरेका उदाहरण भेटिएका छन् ।
परिस्थिति सधैं आफ्नो अनुकुल नहुने भएकोले प्रतिकुल परिस्थितिमा समेत नडगमगाउने महिला नै सफल हुने र महिला अघि बढ्नका लागि पुरुषको साथ पनि आवश्यक रहेको महिला उद्यमीहरुको भनाई रहंदै आएको छ ।
यसैबीच महिला उद्यमी नरमायाले मोरङको उर्लाबारी अवसर भएको सहर भएकोले आँटिलो भएर अघि बढ्दा जुनसुकै व्यवसाय सफल हुन सक्ने तर्क गरेकी छन् । वित्तीय संस्थाले सहजै विश्वास नगर्ने, घरायसी सहयोगको अभाव, महिलालाई घर बाहिर देख्न नचाहने मानसिकता, अध्ययन नै पुरा नभई विवाह गरिदिने चलन चुनौतिको रुपमा रहेको कोशी प्रदेश सांसद बिद्या चाम्लिङ र शोभा चेम्जोङ पालुङ्वाले पनि पटक पटक बताउँदै आएका छन् । उनीहरुले पनि महिलामा लुकेको उद्यमशीलतालाई बाहिर ल्याउन सघाउने बताउँदै आएका छन् । ‘अधिकांश महिलामा प्रतिभा हुन्छ तर त्यसलाई व्यवसायिक बनाउन नसकेको अवस्था हुन्छ,’ सांसद चाम्लिङ ले भनिन्, ‘ महिला उद्यमीलाई सहुलियत पूर्ण कर्जाबाट पनि प्रोत्साहन गर्न सकिन्छ ।’

https://www.youtube.com/watch?v=K_jhBLzxK2A&t=20s