उर्लाबारी । मोरङको उर्लाबारीमा मंगलबार साँझ १७ औँ गणतन्त्र दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।
उर्लाबारी चोकमा नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसीएल उर्लाबारी नगर कमिटी र अनेरास्ववियु(क्रान्तिकारी) नगर कमिटीको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलनसँगै मुख्य चौकमा राखिएकोे नेपालको झण्डा फेरिएको छ । नेपालको झण्डा पूरानो भएर कामै नलाग्ने अवस्थामा पुगेको देखेपछि नयाँ झण्डा राखेको माओवादी नेता लोकनाथ पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य विशेन्द्र चेम्जोङ, विद्यार्थी नेता नगेन्द्र घिमिरेलगायतले बोल्नुभएको थियो । गणतन्त्रलाई संस्थागत गर्दै आम नेपालीलाई अब समृद्धिको यात्रामा अघि लैजान आवश्यक रहेको उहाँहरुको भनाई रहेको छ । पार्टीका मोरङ सह–इन्चार्ज प्रेम निभक, प्रदेशका नेता राजेन्द्र पौडेल,समशेर लिम्बु, वाइसिएल मोरङ इन्चार्ज दिपक आलेमगरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन वाइसिएल उर्लाबारीका सचिब हरिशचन्द्र दुरालले गर्नुभएको थियो भने अनेरास्ववियु(क्रान्तिकारी) उर्लाबारीका अध्यक्ष अनिल अधिकारीको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय