
उर्लाबारी । मोरङको उर्लाबारी–५ मा रहेको अरनिको हस्पिटल प्रा.लि. को दशौं बार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५५ प्रिन्ट रगत संकलन भएको छ ।
उर्लाबारी रेडक्रस उपशाखाको प्राविधिक सहयोगमा आज भएको रक्तदान कार्यक्रममा ५५ प्रिन्ट रगत संकलन भएको हो । रगतको अभावमा कसैको अकालमै मृत्यु नहोस् भन्ने हेतुले रक्तदान कार्यक्रम गरिएको अध्यक्ष लालिम पोमुले जानकारी दिनुभयो । प्रत्येक बर्षको जेठ १५ गते रक्तदान कार्यक्रम गर्ने उहाँले बताउनुभएको छ ।