
उर्लाबारी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेस सल्लाहकारमा बिक्रम लुइँटेललाई नियुक्त हुनुभएको छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्षसमेत रहेका लुइँटेललाई सोमबार मुख्यमन्त्री कार्कीले प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय रहनुभएका लुइँटेल प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा कोशी इन्चार्जसमेत हुनुहुन्छ । उहाँलाई निजामती सेवाको उपसचिव तथा सो सरहको सुविधा पाउने गरी प्रेस सल्लाहकार नियुक्त गरिएको बताइएको छ ।