
उर्लाबारी । मोरङको उर्लाबारीमा स्थापित अरनिको हस्पिटल प्रा.लि. ले १० औं बार्षिक उत्सवको अवसरमा बृहत रक्तदान गर्ने भएको छ ।
जेठ १५ गते बार्षिक उत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम गर्ने भएको हो । रक्तदानको अलवा बिरामीहरुको उपचारमा पनि विशेष सहुलियत दिने हस्पिटलका अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो । ल्याब सेवामा ३० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत सहुलियतको ब्यवस्था मिलाएको उहाँको भनाई छ ।