उर्लाबारी । मोरङको मिक्लाजुङ–२ मा भएको निःशुल्क स्वास्थ्य शिबिरमा २ सय भन्दा बढी नागरिकले सेवा लिएका छन् ।
मिक्लाजुङ गाउँपालिका वडा नं. २ को कार्यालयको ब्यवस्थापन तथा नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा भएको शिबिरमा २ सय २५ जना नागरिकले सेवा लिएका हुन् ।
सामान्य स्वास्थ्य सेवाका लागि स्वास्थ्य संस्थासम्म जान नसकेका नागरिकलाई लक्षित गर्दै विशेषज्ञ डाक्टर, स्वास्थ्यकर्मी र औषधिसहित शिबिरको आयोजना गरिएको छ । नेपाल विद्यार्थी संघ मोरङको आयोजनामा भएको उक्त शिबिरमा प्रसुति तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग, कान, नाक, छाती, छाला तथा यौन रोग, दन्त रोग, आँखाको जाँच, मुटुको जाँच, ल्याब परिक्षणलगायत सेवा प्रवाह गरिएको छ । चेकजाँचका साथै आवश्यक औषधि वितरण गरिएको छ ।
स्वास्थ्यको पँहुज नपुगेका वडाबासीहरुलाई सहुलियत होस् भन्ने हेतुले बृहत स्वास्थ्य शिबिरको आयोजना गरिएको मिक्लाजुङ वडा नं. २ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण) ले जानकारी दिनुभयो । अशक्त, जेष्ठ नागरिकहरुको घरघरमै पुगेर पनि वडा कार्यालयले स्वास्थ्य उपचारमा सहयोगी भूमिका खेलिरहेको उहाँको भनाई छ । स्थानीय इन्द्र आधारभूत विद्यालयमा भएको शिबिरमा नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय