
उर्लाबारी । मोरङको मिक्लाजुङ–२ मा बृहत स्वास्थ्य शिबिर हुने भएको छ ।
मिक्लाजुङ वडा नं. २ को कार्यालयको सहजीकरण तथा नेपाल विद्यार्थी संघ मोरङको आयोजनामा स्वास्थ्य शिबिर हुने भएको हो ।
नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा हुने जेठ ११ गते शुक्रबार स्थानीय इन्द्र माध्यमिक विद्यालयमा सो शिबिरमा हुने वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण) ले जानकारी दिनुभयो । उहाँले सम्पूर्ण वडाबासीहरुलाई शिबिरमा सहभागी भई लाभान्वित बन्न पनि अनुरोध गर्नुभएको छ ।