उर्लाबारी । भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती मोरङको उर्लाबारीमा आउने हुनुभएको छ ।
मोरङको उर्लाबारी–१ मा रहेको धिमाल जातीय विकास केन्द्र लक्ष्मीझार गाउँ समितिको आयोजना शनिबार जात्री तथा सांस्कृतिक कार्यक्रममा मन्त्री उप्रेती आउने हुनुभएको हो । मन्त्री उप्रेतीसँगै प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्वा, पूर्व प्रदेश सांसद कुलप्रसाद लिम्बूलगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।
उर्लाबारी–८ बालबिसौनीका समाजसेबी कमल लिङ्थेपलगायतको प्रायोजनामा सो कार्यक्रम हुने भएको हो । धिमाल समुदायका कलाकारका साथै गायक सुरेश धिमाल, नन्दु गुरुङ, हाँस्यकलाकार राकेश कमेडीलगायतको प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष कालुराम धिमालले जानकारी दिनुभयो । विगत १५ बर्षअघिदेखि जात्री पुजा गर्दै आएको र यस पटक बृहत कार्यक्रम गर्न लागिएको उहाँको भनाई छ । धिमाल बाहेक अन्य जातीको समेत कला संस्कृति प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
ADVERTISEMENT