
उर्लाबारी । मोरङको बेलबारीमा आदिबासी÷जनजाति संयुक्त मोर्चाको भेला तथा प्रशिक्षण हुने भएको छ ।
जेठ २ गते बुधबार विहान ११ बजेदेखि नेकपा माओवादी केन्द्रनिकट आदिबासी जनजाति संयुक्त मोर्चा नेपाल प्रदेश नं. १ समितिको सहजीकरणमा भेला तथा प्रशिक्षण हुने भएको हो । भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिब तथा प्रदेश नं. १ का इन्चार्ज हरिबोल गजुरेल, स्थायी कमिटी सदस्य तथा फाक्सन इन्चार्ज ओनसरी घर्तिमगरको सहभागिता रहने पार्टीका मोरङ सह–इन्चार्ज प्रेम मिभकले जानकारी दिनुभयो ।