उर्लाबारी । मोरङको उर्लाबारीमा द्वन्द्वपीडितहरुलाई स्वरोजगार बनाउन ३ महिने सिलाई कटाई तालिम सुरु भएको छ ।
उर्लाबारी नगरपालिकाको आर्थिक सहयोग तथा द्वन्द्वपीडित स्वरोजगार सिपमूलक तालिक केन्द्र नेपाल उर्लाबारीको आयोजनामा बिहीबारदेखि तालिम सुरु भएको हो । उर्लाबारी नगरपालिका वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापाले तालिमको उद्घाटन गर्नुभयो । उहाँले तालिम लिएर मात्रै उपलब्धि नहुने बताउँदै सिकेको सीपलाई सही रुपमा सदुपयोग गरी रोजगार बन्न आवश्यक रहेको बताउनुभयो । द्वन्द्वपीडितहरुलाई स्वरोजगार बनाउन आफ्नो तर्फबाट साथ र सहयोग गर्ने उहाँले बचन दिनुभयो । कार्यक्रममा द्वन्द्वपीडित जनक खड्कालगायतले बोल्दै द्वन्द्वपीडितहरुलाई राज्यले उपेक्षा गरेको बताउनुभयो । तालिममा ४० जनाको सहभागिता रहेको छ भने सहजीकरण पवित्रा बस्नेत निरौलाले गरिरहनुभएको छ । केन्द्रका अध्यक्ष केदारनाथ सिटौलाको सभापतित्व भएको उक्त कार्यक्रम सचिब भीमबहादुर राउतले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय