सुनसरी, सुनसरीको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो लागु औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को. १७ प ८९४९ नम्बरको स्कुटर चालक ईनरुवा नगरपालिका-३ का ४० बर्षिय आशिष राई र पछाडि सवार २२ बर्षिय शेवनन्द राजबंशीको साथबाट १५ ग्राम २ सय ४० मिलिग्राम ब्राउन सुगर र भोक्राहा नरसिंह गाँउपालिका-६ स्थितमा बा. ६८ प ८६९८ नम्बरको मोटरसाईकलमा सवार उदयपुरको बेलका नगरपालिका-९ का २६ बर्षिय नरेश बिश्वकर्मा र सुनसरी बराहक्षेत्र नगरपालिका-७ का ३० बर्षिय सामुएल राईलाई ३ ग्राम ४ सय मिलिग्राम बाउनसुगर सहित नियन्त्रणमा लिएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ का २२ बर्षिय साजन बि.क. लाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय