नेपाली राजदुतावासको समन्वय तथा गन्तव्य नेपालको पहलमा गन्तव्य नेपालले पछिल्लो समयमा धेरै पिडितहरुको उद्दार गर्दै आईरहेको छ। गन्तव्य नेपालले वर्तमानमा यस अघि एक ब्रेन ट्युमर तथा दुई मृगौला पिडित ब्यक्तिहरु लाई आर्थिक सहयोग तथा साउदिअरबमा ७ महिना देखि अलपत्र ६ जना पीडित नेपाली चेलिहरुलाई उद्दार गरेको थियो।

सम बहादुर बि क कि बुहारी सीता परियार रोल्पा जिल्ला, Madi Rural Municipality वाड न ६, घर भई साउदी अरबमा कार्यरत सीता परियारको दुबै आँखा मा समस्या देखिए पछि ऐले दुबै आँखा ले देख्न छोडिसके पछि उपचारको लागि साउदी अरब बाट नेपाल गएर उपचार गराउने क्रममा धेरै रकम खर्च भईसकेको र अबको बाकी उपचारको लागि परिवारको आर्थिक अवश्था निकै कमजोर भएको कारण उपचारमा समस्या भईरहेको हुदा आर्थिकको कारणले उपचारमा समस्या नहोस भन्ने उदेश्यले सहयोग को लागि गन्तब्य नेपाललाई अपिल गरे पछि गन्तब्य नेपालको पहलमा केही आर्थिक रकम सङ्गकलन गरि पिडितलाई हस्तान्तरण गरेको छ।

पिडितलाई रकम हस्तान्तरण गर्ने क्रममा गन्तब्य नेपालका राजु बरालको नेतृत्वमा राजु बराल द्वारा नै पिडित पक्षकी कृष्ण बिश्वोकर्मा लाई नेपाली 61,975 (एकसट्ठी हजार नौ सय पचहत्तर रुपैया) हस्तान्तरण गरिएको छ। यदि हामिले गरेको सानो सहयोगले कसैको जीवन उज्यालो हुन्छ भने हामिले किन नगर्ने भन्ने उदेश्यका साथ सहयोगी मनहरु द्वारा आर्थिक रकम सहयोग गरिएको थियो।
गन्तब्य नेपालको पहलमा गरिएको सहयोगले उहाँको राम्रो सङ्ग उपचार भई दुबै आँखा खुलोस र सुन्दर सन्सार देख्ने मनो कामना पूरा होस हार्दिक सुभकामना ब्यक्त गर्दै पिडितलाई आर्थिक सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरु प्रति गन्तब्य नेपाल हार्दिक धन्यवाद ज्ञापन गर्दछ।। धन्यवाद।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय