उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित राधाकृष्ण मन्दिरमा सम्पन्न श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको हिसाब सार्वजनिक भएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी गत चैत्र १२ गतेदेखि १८ गतेसम्म आयोजना गरिएको महायज्ञको हिसाब सार्वजनिक गरिएको हो । २६ लाख ८ हजार ८ सय ३३ रुपैयाँ महायज्ञबाट संकलन भएको र ६ लाख ६२ हजार ३ सय ५८ रुपैयाँ खर्च भएको आयोजक समितिका कोषाध्यक्ष डम्बर भट्टराईले जानकारी दिनुभयो । खर्च कटाएर १९ लाख ४६ हजार ४ सय ७५ रुपैयाँ बचत भएको उहाँले बताउनुभयो ।
महायज्ञमा प्रमुख वाचक पण्डित संकःप सुमन खनालले कथा वाचन र उपवाचक पण्डित इन्द्रप्रकाश गौतमबाट पाठपारायणका साथै राष्ट्रिय कलाकार प्रेमसागर निरौलाबाट भजन किर्तन तथा झाँकी प्रदर्शन गरिएको थियो । मन्दिरका लागि आवश्यक जग्गा खरिद गर्नका लागि सो महायज्ञको आयोजना गरिएको थियो । मन्दिरको लक्ष्यअनुसार आर्थिक सहयोग संकलन भएको संयोजक सीता कार्कीले जानकारी दिनुभयो । सबैको साथ र सहयोगले महायज्ञ भब्य र सभ्य तरिकाले सम्पन्न भएको भन्दै उहाँले आभार एबं धन्यवाद प्रकट गर्नुभयो । कार्यक्रम सञ्चालन सचिब निरुपा निरौलाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय