
उर्लाबारी । मोरङको उर्लाबारी–४ का ज्ञानप्रसाद निरौलाले किताब बेचेर नमूना बाल गृहमा ५० हजार १० रुपैयाँ सहयोग गर्नुभएको छ ।
रामायणलाई नेपालीमा लेखेर विक्री भएको १ सय थान किताबको रकम नमूना बाल गृहमा सहयोग गर्नुभएको हो । छोरी उमादेवी निरौला र नाती टंकमणि निरौलाको स्मृतिमा सो रकम हस्तान्तरण गर्नुभएको छ । नमूना बाल गृहकी अध्यक्ष मिनादेवी बराललाई सो रकम ज्ञानप्रसाद निरौला र पद्मादेवी निरौलाले हस्तान्तरण गर्नुभएको छ ।