संख्यात्मकभन्दा गुणस्तरीय शिक्षा दिने लक्ष्यका साथ २०७३ सालमा स्थापित भएको थियो माउन्ट एभरेष्ट एकाडेमी । सर्वोत्कृष्ट नतिजासहित संस्कारयुक्त शिक्षा प्रदान गर्ने स्कुलको मुख्य प्रतिबद्धता थियो । आफ्नै अत्याधुनिक भौतिक संरचनामा निर्माण गरिएको सो स्कुल रतुवामाई नगरपालिका वडा नं. १० को सोमबारेमा सुन्दर र शान्त वातावरणमा अवस्थित छ ।


अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीको संयुक्त छलफलद्वारा अध्ययन अध्यापन पद्धति सञ्चालन गर्ने यस स्कुलको नतिजा सुखद छ । यस विद्यालयमा ३ सय ५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने २७ जना शिक्षक कर्मचारी रहेका छन् ।

प्रिन्सिपल मोहनचन्द्र बस्नेतका अनुसार विद्यालयले विद्यार्थी केन्द्रीत नवीनतम् विधि तथा प्रविधिको प्रयोग गरी शिक्षण सिकाइमा जोड दिँदै आएको छ । सबै विद्यार्थीलाई एउटै डालोमा हालेर पढाउँदा राम्रो नतिजा नआउने भन्दै स्कुलले विद्यार्थीको रुचिअनुसार शिक्षण सिकाइ गराउँछ । विद्यार्थीलाई रुचि भएको क्षेत्रमा खुलेर लाग्न प्रेरित गरिन्छ ।

विद्यार्थीको सहभागिता रहने गरी विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलाप तथा गतिविधि सञ्चालन हुने गरेको छ । विद्यार्थीको क्षमता प्रस्फुटनमा विद्यालयले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । माउन्ट एभरेष्टले केही नयाँ र फरक शैली अवलम्बन गर्दै समयसापेक्ष जीवनोपयोगी शिक्षा दिन र विद्यार्थीहरुको समग्र विकासमा ध्यान दिइरहेको छ । नियमित अध्यापनका अतिरिक्त विद्यार्थीलाई नैतिक शिक्षालाई कसरी अवलम्बन गर्ने ? सकारात्मक सोचको विकास कसरी गर्ने ? असल नागरिक कसरी बन्ने ? व्यक्तित्व विकास कसरी गर्ने ? समय व्यवस्थापन कसरी गर्ने ? क्षमतावान् कसरी बन्ने ? परीक्षामा राम्रो परिणाम कसरी निकाल्ने ? चुनौतीसँग कसरी लड्ने भन्ने विषयमा प्रशिक्षण दिई विद्यार्थीहरूको व्यक्तित्व विकास गर्न माउन्ट एभरेष्ट प्रयत्नशील छ ।


अनुभवी, दक्ष र प्रविधिमैत्री शिक्षक छन् । पढाइसँगै विद्यार्थी सबै कुरामा सक्षम हुनुपर्छ भनेर सोहीअनुसारको वातावरण तयार गरिएको छ । सिकाइका आधुनिक सिद्धान्तलाई व्यावहारिक तथा स्वयम् विद्यार्थीको सहभागितामूलक शिक्षामा जोड दिँदै आएका कारण माउन्ट एभरेष्ट विद्यार्थीले रोजेको र खोजेको विद्यालयको रूपमा स्थापित हुन सफल भएको छ । साथै विद्यालयले नियमित पठन पाठनबाहेक पनि विद्यार्थीको आवश्यकताअुसार अतिरिक्त कक्षाका साथै खेलका माध्यमले विद्यार्थीमा नयाँ ऊर्जा थप्ने काम गरेको छ । विद्यालयले शैक्षिक भ्रमण, औद्योगिक भ्रमण, हाइकिङ लगायतका कार्यक्रममा पनि विद्यार्थीलाई सहभागी गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय