उर्लाबारी । उर्लाबारीकै अग्रणी संस्थागत विद्यालय मोरङ मोडल आवासीय माविले पठनपाठनका साथै विद्यार्थीहरुको चौतर्फी विकासका ध्यान दिँदै आएको छ ।
४३ बर्षको गौरबमय इतिहास रहेको यो विद्यालयले संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हो । २०३७ सालमा स्थापित उक्त विद्यालयले हरेक वर्ष उत्कृष्ट रिजल्ट निकाल्दै आएको छ । प्ले गु्रपदेखि स्नातकसम्म सञ्चालित मोरङ मोडलमा हाल १ हजार ५ सय ३८ जना विद्यार्थी अध्ययनरत छन् ।
नर्सरीदेखि १ सम्म निःशुल्क पुस्तक वितरण, डे होस्टलको ब्यवस्था, साना र ठूला विद्यार्थीहरुका लागि छुटाछुट्टै चमेना गृहको सुविधा, शान्त र प्रविधिमैत्री वातावरण, स्कुल बस र भ्यानको ब्यवस्था, सिसिसी क्यामेराबाट निगरानी, पर्याप्त खेल सामग्रीसहित खेलमैदानको ब्यवस्था, मन्टेश्वरी पद्धतिबाट बाल कक्षा सञ्चालन, दक्ष तथा तालिम प्राप्त शिक्षक, शिक्षिकाहरुबाट अध्यापन गराइने, विज्ञान तथा कम्प्युटर प्रयोगशालाको ब्यवस्था भएको, विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकासका लागि अतिरिक्त कृयाकलापको ब्यवस्था यस विद्यालयमा रहेको प्रिन्सिपल सन्दिप पौडेलले बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेको कारण मोरङ मोडल सबैको रोजाइमा पर्दै गएको बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गरेपछि विद्यार्थी र अभिभावको रोजाइमा पर्दै गएको उहाँको भनाई छ । शैक्षिक उन्नयको कार्यमा मोरङ मोडलको उत्कृष्ट रहेको उहाँको दाबी छ । प्रिन्सिपल पौडेलले अतिरिक्त क्रियाकलापमा पनि मोरङ मोडल अगाडी रहेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी नराखेको बताउनुभयो ।