मोरङको उर्लाबारी–४ मा रहेको हिमचुली सेकेन्डरी बोर्डिङ स्कुल विद्यार्थी र अभिभावकको रोजाइको स्कुल हो । २०६१ सालबाट संचालनमामा आएको यस विद्यालयले उत्कृष्ट विद्यालयहरूकै सूचीमा पर्दछ । वातावरणमैत्री मात्रै होइन, बालमैत्री र प्रविधिमैत्रीसमेत छ, हिमचुली । २४ घण्टा नै सेक्युरिटी र सीसी क्यामेराको निगरानीले विद्यालयको सुरक्षा अवस्थालाई मजबुद पारेको छ । स्कुल परिसरमै चमेना गृह, पर्याप्त शौचालय र शुद्ध खानेपानीको व्यवस्था गरिएको छ ।

विशिष्ट अनुशासन र निरन्तर शैक्षिक उत्कृष्टता भन्ने मान्यता बोक्दै अनुशासनलाई प्राथमिकतामा राखेर शिक्षण सिकाइ गर्ने गरेको विद्यालयका प्रिन्सिपल लेखनाथ खड्का बताउनुहुन्छ । प्ले ग्रुपदेखि कक्षा १० सम्म पढाई हुने हिमचुली बोर्डिङमा हाल पाँच सय हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । यहाँको मन्टेश्वरी पद्दति अनुकरणीय छ ।
अघिल्ला शैक्षिक सत्रहरूमा उत्कृष्ट तथा उदाहरणीय नतिजा निकाल्दै आएको विद्यालयले यस पटकको एसइईमा पनि उत्कृष्ट नतिजा निकाल्ने विश्वास लिएको छ । २०७२ सालको एसइई परीक्षामा पुर्वाञ्चल प्रथम भएको गर्विलो विगत छ, हिमचुलीसंग । छात्रा सुस्मिता खड्काले ९७.५ मार्क ल्याइ त्यो इतिहास रचेकी थिइन् । दक्ष र अनुभवी शिक्षक शिक्षिकाको व्यवस्था रहेको यस विद्यालयमा समय समयमा आवश्यकताका आधारमा शिक्षक शिक्षिकाहरूलाई विषयगत तालिम समेत प्रदान गर्ने गरिएको छ भने प्रत्येक विषयका शिक्षक शिक्षिकाहरूले हरेक विषयवस्तुको अध्यापनगर्नुअघि कार्ययोजना बनाएर मात्र अध्यापन गराउने गरेको विद्यालयका निर्देशक टंक काफ्लेले जानकारी दिनुभयो । हिमचुली बोर्डिङमा शिक्षक, शिक्षिका कर्मचारी गरी ४३ जना कार्यरत रहेका छन् । विद्यालयले प्रत्येक विषयको छुट्टाछुट्टै विषयगत शिक्षकको व्यवस्था गरेको छ । अतिरिक्त क्रियाकलापअन्तर्गत नृत्य, संगीत, फुटबल, भलिबल, ब्याडमिन्टन, चेस, टेबलटेनिस, हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला, चित्रकला लगायतका विभिन्न नगर तथा जिल्ला स्तरीय स्पर्धाहरूमा उत्कृष्ट नतिजा निकाल्न विद्यालय सफल भएको छ । व्यवस्थित लाइबेरी तथा कम्प्युटर र साइन्स ल्याबसमेत सञ्चालनमा रहेको यस विद्यालयले विद्यार्थीको सहजताका लागि चार वटा स्कुल बस सञ्चालन गर्दै आएको निर्देशक काफ्लेले बताउनुभयो । विद्यालयमा
पठनपाठन, आवश्यक सुझाव संकलन र विद्यालयको आगामी योजना सम्बन्धमा विद्यालयले अभिभावकसंग बेलाबेला अन्तरक्रिया गर्ने गरेको छ । अभिभावकहरुको विद्यालय प्रतिको चासो र सल्लाह सुझावले विद्यालयलाई अगाडि वढ्न र लक्ष्यअनुसारको कार्ययोजना गराउन सजिलो भएको निर्देशक काफ्लेको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय