उर्लाबारी–६ स्थित कुडोस विद्यासदनले विद्यार्थीहरुलाई संस्कारयुक्त शिक्षा दिइरहेको छ ।

विद्यालयले बालबालिकाका साँस्कृतिक कार्यक्रम,गायन, नृत्य, फेसन शो, नाटक, वक्तृत्वकला तथा कविता वाचनलगायत प्रस्तुत गर्दै आएको छ । कुडोस स्कुलले विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा ध्यान दिएको अनुभूति भएको अभिभावकहरुले प्रतिकृया दिनुभएको छ । विद्यार्थीहरुको क्षमता अभिभवृद्धिका लागि विद्यालयले विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालयका संस्थापक प्रिन्सिपल सूर्य पौडेलले बालबालिकालाई संस्कारयुक्त बनाउन आफूहरु लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा बालबालिका बौद्धिक भएर मात्र हुँदैन, संस्कारयुक्त समेत हुनुपर्छ, जसका लागि विद्यालय लागिरहेको छ ।’

 

उहाँले विद्यालयले मेहनत गर्ने र यसमा अभिभावकको पनि साथ आवश्यक रहेको बताउनुभयो । विद्यार्थीले संस्कार सिक्ने पहिलो पाठशाला घर नै भएको भन्दै उहाँले अभिभावकहरुलाई सोहि अनुसारको वातावरण तयार गरिदिन आग्रह समेत गर्नुभयो । कुडोसले नियमित रुपमा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरी उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ । अहिलेको समयानकूल उपयुक्त र प्रतिस्पर्धी जनशक्ति तयार पार्न कटिबद्ध रहेको बताउँदै प्रिन्सिपल पौडेलले जसका लागि सुविधा सम्पन्न विद्यालय भवनमा तालिमप्राप्त शिक्षक शिक्षिकाबाट संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय