मोरङको उर्लाबारी– ४ स्थित सप्तकोशी बोर्डिङ स्कुल पछिल्लो समयमा धेरै अभिभावकको रोजाई बन्न पुगेको छ । बालबालिकाहरुको उचित तबरको हेरचाह र बृत्तिविकास लागि सप्तकोशी अब्बल ठहरिएको छ ।
बालबालिकाको राम्रो पढाइको बलियो जग बसाल्न पनि स्कुल प्रभावकारी सावित भइसकेको छ । पढाईको अलवा विद्यालयले खेलुकलाई पनि प्राथमितामा राखेको छ । संस्थापक प्रिन्सीपल लेखनाथ भट्टराईले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अनुशासनमा रहन विद्यालयले प्रोत्साहित गर्ने गरेको बताउनुभयो । स्कुलले बालबालिकालाई आफ्नो प्रतिभा तिखार्नेसँगै नयाँ प्रतिभाको जन्म दिने कामममा विशेष काम गर्ने गरेको पनि उहाँले बताउनुभयो । बिद्यार्थीहरुको प्रतिभालाई अभिवृद्धी गर्न विद्यायल प्रयत्नशील रहेको उल्लेख गर्दै उहाँले बालबालिकाका नियमित र अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको बताउनुभयो ।
स्कुलले बालबालिकालाई उच्च नैतिक संस्कारसँगै समाजमा घुलमिल हुनसक्ने ब्यवहारिक सीप पनि सिकाउने गरेको उहाँको भनाई छ । यो स्कुलमा प्रशिक्षकबाटै डान्स, म्युजिक, खेलकुद, आट्र्स, साहित्यलगायतको कक्षा लिने गरिएको छ । उक्त २०५० सालमा स्थापना भएको उक्त विद्यालयमा १ हजारभन्दा बढि बिद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयकी अध्यक्ष मिश्र बैजयन्ती भट्टराईले जानकारी दिनुभयो । नर्सरीदेखि कक्षा १२ सम्म पढाई हुने यस विद्यालय यतिबेला उत्कृष्ट बिद्यालयको सूचीमा आफूलाई सावित गरिरहेको छ ।