गुणस्तरीय एबं ब्यावहारिक शिक्षामा जोड दिँदै आएको मोरङको उर्लाबारी–७ को नेपाल आदर्श अंग्रेजी माध्यमिक विद्यालयले छोटो समयमै अभिभावक र विद्यार्थीहरुको मन जित्न सफल बनेको छ ।
२०७७ सालमा स्थापना भएको उक्त विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा उर्लाबारीका निजी विद्यालयहरुको तुलनामा अब्बल सावित बन्दै गइरहेको छ । विद्यालय स्थापना कालमै कोरोना भाइरसको संक्रमण फैलिएपनि त्यसलाई सामना गर्दै नेपाल आदर्श अघि बढ्यो । त्यसैको प्रतिफल ३ बर्षकै अवधिमा उर्लाबारी क्षेत्रमा गनिएको शैक्षिक संस्थाका रुपमा आफुलाई उभ्याउन सफल पनि भएको छ । उक्त विद्यालयमा प्ले गु्रपदेखि कक्षा १० सम्म पढाई हुँदै आएको छ । नेपाल आर्दशले गुणस्तरीय एबं ब्यवहारिक शिक्षामा जोड दिँदै आएका कारण पनि विद्यार्थी र अभिभावकको मन जित्न सफल बनेको हो । यस विद्यालयमा कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, स्कुल बस, परामर्श सेवा, अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमणलगायत सञ्चालन हुँदै आएको छ भने खेलकुद, गायन, नृत्यलगायतका कक्षा सञ्चालन हुँदै आएको छ ।

पूर्व प्राथमिक तहमा मन्टेस्वरी विधिबाट अध्यापन, दक्ष, अनुभवी शिक्षक–शिक्षिकाद्वारा अध्यापन,स्वच्छ, एकान्त एवं सुविधा सम्पन्न विद्यालय भवन, स्कुल बस, प्राथमिक उपचार, खेलकुद र अतिरिक्त क्रियाकलापको विशेष व्यवस्था, कम्प्युटर शिक्षा तथा स–साना नानीहरुका लागि विशेष रेखदेखको व्यवस्था, समय सापेक्ष प्राविधिक शैक्षिक क्रियाकलापलगायतमा पनि विद्यालयले जोड दिँदै आएको विद्यालयका संस्थापक प्रिन्सीपल सविना खड्का कार्कीले जानकारी दिनुभएको छ । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अनुशासनमा रहन विद्यालयले प्रोत्साहित गर्ने गरेको उहाँको भनाई छ । स्कुलले बालबालिकालाई आफ्नो प्रतिभा तिखार्नेसँगै नयाँ प्रतिभाको जन्म दिने काममा विशेष काम गर्ने गरेको पनि उहाँले बताउनुभयो । बिद्यार्थीहरुको प्रतिभालाई अभिवृद्धी गर्न विद्यायल प्रयत्नशील रहेको उल्लेख गर्दै उहाँले बालबालिकाहरुको नियमित र अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको बताउनुभयो । ३५ जना शिक्षक तथा १६ जना कर्मचारीहरु सो विद्यालयमा कार्यरत रहनुभएको छ भने ५ सय ७० जना विद्यार्थी अध्ययरत रहनुभएको छ ।
दैनिक पढाई लेखाईका अलावा अतिरित्त क्रियाकलापलाई मध्यनजर गरेर, शैक्षिक उन्नयनको अभिन्न अंग मान्दै विभिन्न अतिरिक्त क्रियाकलापहरु भइरहेको सञ्चालक प्रकाश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार संगित तथा गायन तर्फ लिलाराज पौडेल, नूत्यतर्फ सरस्वती बस्नेत, गितार र मादलतर्फ रेवत राई, चित्रकलातर्फ सुसन धिमाल, र खेलकुदतर्फ पुजन राईलाई प्रशिक्षकको रुपमा विद्यालयले राखेको छ । विद्यालयले त्रैमासिक तथा वार्षिक परिक्षामा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीलाई क्रमशः सतप्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशतको ब्यवस्था मिलाएको छ भने गरिब, जेहेन्दार, सिमान्तकृत तथा राज्यले तोकिए वमोजिमका छात्रवृत्ति उपलब्ध गराइएको सञ्चालक गोविन्द भट्टराईले जानकारी दिनुभयो । विद्यालयले शिक्षक कर्मचारीका छोराछोरीलाई सतप्रतिशत छुटको ब्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय