
उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयकी अनुजा अधिकारीले जिपिए ४ ल्याई उर्लाबारी नगरपालिकामा सर्वोत्कृष्ट हुनुभएको छ ।
उर्लाबारी नगरपालिका स्तरीय (आधारभूत तह उत्तीर्ण) कक्षा ८ को परीक्षामा अधिकारीले जिपिए ४ ल्याई उर्लाबारी नगरपालिकामा सर्वोत्कृष्ट हुनुभएको हो । यो विद्यालय देशकै नमूना विद्यालयको रुपमा लिने गरिएको छ ।