
उर्लाबारी । उर्लाबारी वडा नं. ६ को महारुद्र शिवालय मन्दिरको ११ औं चुनाबी साधारणसभाले पुनः चिन्तामणि पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
उर्लाबारी नगरपालिका वडा नं. ६ का वडाध्यक्षसमेत रहनुभएका पौडेललाई पुनः सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो । पौडेल लामोसमयदेखि सो मन्दिरको अध्यक्षको रुपमा रहनुभएको छ । उहाँले सो मन्दिरको विकास र विस्तारमा ठूलो लगानी गर्नुभएको छ ।