उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघले नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
मंगलबार संघको सभाहलमा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा ब्यवसायीहरुले आफ्ना समस्या सुनाएका थिए । पछिल्लो समय ब्यवसायीहरु पलायन हुने क्रम बढेको भन्दै स्थानीय तहले पनि यसका बारेमा चासो दिनु पर्नेमा सहभागीहरुले बताएका छन् । आर्थिक संकटका कारण ब्यवसायीहरु टिक्ने अवस्था नरहेको ब्यवसायीहरुले गुनासो राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख खरेलसहित नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश सदस्य प्रितम खड्गी, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दास, उर्लाबारी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष, पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, लगायतको सहभागिता रहेको थियो । संघका बरिष्ठ उपाध्यक्ष यामलाल रसाइलीले स्वागत मन्तब्य राख्नुभएको थियो । संघका अध्यक्ष शेरबहादुर भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रम महासचिब हेमराज गुरुङले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय