
उर्लाबारी । मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनित हुनुभएका इन्द्र लामाले पदभार ग्रहण गर्नुभएको छ ।
समितिको कार्यालय विराटनगरमा एक कार्यक्रमका बीच अध्यक्ष लामाले पदभार ग्रहण गर्नुभएको हो । खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन पोख्रेललगायतले अध्यक्ष लामालाई स्वागत गर्नुभएको थियो । पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष लामाले मोरङको खेलकुदको विकासका लागि आफू हरदम लागिरहने बताउनुभयो । लामाले भन्नुभयो – ‘खेलकुदको विकासका लागि सबैसँग समन्वय गरेर, सबैको सल्लाह अनुसार नै अगाडि बढ्ने छु ।’ उर्लाबारी–९ निवासी लामा सितोरियो कराँते संघ मोरङका कार्यबहाक अध्यक्षसमेत हुनुहुन्छ । लामा लामो समयदेखि कराँतेमा आबद्ध रहँदै आउनुभएको छ । उहाँ माओवादी कोटाबाट अध्यक्षमा नियुक्त हुनुभएको छ ।