झापा, झापाको बिर्तामोड नगरपालिका डाँडागाँउ-८ स्थितबाट चोरीको मोटरसाईकल सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे १० प ३२०७ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी गरेर लैजादै गरेको अवस्थामा भद्रपुर नगरपालिका-९ का १९ बर्षीय हरी गुरुङलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।
मोटरसाईकल सहित पक्राउ परेका गुरुङको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय