
उर्लाबारी । मोरङको उर्लाबारीका इन्द्रकुमार योन्जन तामाङ मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनित हुनुभएको छ ।
उर्लाबारी–९ का ४५ बर्षीय तामाङलाई प्रदेश खेलकुद विकास बोर्डले अध्यक्षमा मनोनित गरेको हो । समितिका अध्यक्ष श्रवणकुमार ऋषीदेवले राजीनामा दिएपछि तामाङलाई मनोनित गरिएको छ ।
अध्यक्ष तामाङले मोरङ क्षेत्रको खेलकुदको विकासका लागि योजनाबद्ध रुपमा अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो । मोरङ खेलकुदको उर्वरभूमि रहेको उहाँले उल्लेख गर्नुभयो । नेपाल सितोरियो कराँते डो संघको कार्यबहाक अध्यक्षसमेत रहनुभएका तामाङलाई प्रदेश खेलकुद ऐन २०७६ को दफा १६ को उपदफा २ को खण्ड (क) बमोजिम अध्यक्षमा चयन गरिएको छ ।