उर्लाबारी । मोरङको उर्लाबारी–८ स्थित शान्तिक्षेत्र आधारभूत विद्यालयलाई नमूना विद्यालय बनाउन सामाजिक ब्यक्तित्व कमल लिङ्थेपले सहयोग गर्नुभएको छ ।
उर्लाबारी–८ घर भई हाल हङकङमा रहनुभएका लिङ्थेपले सो विद्यालयमा पहिलो अक्षयकोषदातामा आफ्नो नाम लेखाउनुभएको छ । उहाँले बुवा बेलबहादुर लिङ्थेप र आमा नरमाया लिङ्थेपको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको थियो भने विद्यार्थीहरुलाई १ सय थान ब्याग वितरण, कार्यक्रम सञ्चालनका लागि पोडियम, गमला, रिङलगायत सहयोग गरिसक्नुभएको छ भने विद्यालयले भाडा सञ्चालन गरेको गाडीमा पनि सहयोग गर्नुभएको छ । शान्तिक्षेत्र विद्यालयको विकास र विस्तारका लागि निरन्तर सहयोग गर्ने लिङ्थेपले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय