
उर्लाबारी । उर्लाबारीलाई विश्वसँग जोड्ने उद्देश्यका साथ स्थापना भएको उर्लाबारी वल्र्ड एकाडेमीमा सांगीतिक कार्यक्रम तथा फुड फेस्टिबल हुने भएको छ ।
उर्लाबारी–६ सिमाना वस्तीमा रहेको उक्त विद्यालयले एसईई परीक्षा दिईरहेका विद्यार्थी लक्षित गरेर उक्त कार्यक्रमको आयोजना गरेको हो । एसईई सकिने दिन पारेर चैत २३ गते दिउँसो २ बजेदेखि विद्यालय परिसरमा आयोजित कार्यक्रममा पूर्वको चर्चित स्मृति ब्याण्ड र राष्ट्रिय कलाकार डम्बर नेपाली लगायतको प्रस्तुति रहने एकाडेमीका सञ्चालक पप्पु श्रेष्ठले जानकारी दिनुभयो ।
ग्ध्ब् ँगल(इ(च्बmब द्दण्डण् नाम दिईएको कार्यक्रममा खानाको स्टल, फेस पेन्टिङ, खेलका स्टल र काउन्सिलिङ लगायतका स्टलहरु रहने र प्रवेश निःशुल्क रहेको एकाडेमीका बजार प्रमुख विवेक दाहालले जानकारी दिनुभयो ।