झापा । झापाको दमक–१० मा अवस्थित सिंहदेवी माध्यमिक विद्यालयका १५ जना विद्यार्थीलाई खगेन्द्र– पदमरत्न न्यौपाने छात्रवृत्ति वितरण गरिएको छ ।
मंगलबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कक्षा ११ र १२ का उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप नगद हस्तान्तरण गरिएको छ । छात्रवृत्ति पाउनेमा १० छात्रासहित १५ जना विद्यार्थी रहेका छन् ।
छात्रबृत्तिका दाता खगेन्द्र पदमरत्न न्यौपानेका छोराहरु डम्बरुबल्लभ, कमल, लक्ष्मीप्रसाद, दिनेश, बिनोद, त्रिलोक र बालकृष्णसहितका परिवार मिलेर ५ लाखको अक्षयकोष स्थापना गरेका हुन् । २०६७ सालमा स्थापना भएको उक्त अक्षयकोषबाट बर्सेनी विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्दै आएको कोषदाता विनोद न्यौपानेले जानकारी दिनुभयो ।
सो कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष राजेन्द्र भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमप्रसाद न्यौपाने, उर्लाबारी जेसीजका संस्थापक अध्यक्ष बिष्णु ओली, कोषका संरक्षक खगेन्द्रप्रसाद न्यौपाने, प्रधानाध्यापक हरिनारायण अधिकारीलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय