उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहमा होली मिलन कार्यक्रम गरिएको छ । उर्लाबारी–८ हाल हङकङ निवासी कमल लिङ्थेपको आर्थिक सहयोग तथा अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमुको टि–सर्ट सौजन्यमा पूर्वी कमाण्ड मिडियाको संयोजनमा होली कार्यक्रम गरिएको हो ।
कार्यक्रममा १०० प्लस न्यूज, वारपार मिडिया, कोशी पाना अनलाइन र सेउपाखा अनलाइनको सहयोगी ब्यवस्थापनमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस उर्लाबारीका सभापति सुरेन्द्र लिम्बू, नेपाल पत्रकार महासंघ मोरङका कार्यबहाक अध्यक्ष मोहन भट्टराई, नमूना बाल गृहकी अध्यक्ष मिना बराल, संञ्चारकर्मी सम्झना राईलगायतले बोल्नुभएको छ । कार्यक्रम पूर्वी कमाण्ड मिडियाका अध्यक्ष सरोज बस्नेतको सभापतित्व एबं सञ्चार क्लब नेपाल पूर्वअध्यक्ष घनश्याम भण्डारीले सञ्चालन गर्नुभएको थियो ।
हकङकमा रहनु भएका सामाजिक ब्यक्तित्व कमल लिङ्थेपले बालबालिकाहरुलाई होलीमा सानो खुशी प्रदानका लागि सहयोग गरेको बताउनुभयो । आगामी दिनमा पनि बाल गृहका लागि सहयोग गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय