
उर्लाबारी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ उर्लाबारी नगर समितिको सभापतिमा सुरेश राई सर्वसम्मत चयन हुनुभएको छ ।
शुक्रबार भएको प्रथम नगर स्तरीय अधिवेशनले उर्लाबारी–६ का राईलाई सर्वसम्मत सभापतिमा चयन गरेको हो ।
उपसभापतिमा उर्लाबारी–१ का विनोद चाम्लीङ राई, महिला उपसभापतिमा उर्लाबारी–५ की दिलकुमारी लामा, सचिवमा उर्लाबारी–७ का कैलाश गुरुङ, उर्लाबारी–४ का राजकुमार श्रेष्ठ, सहसचिवमा उर्लाबारी–७ का दानबहादुर भुजेल, उर्लाबारी–९ का डिल्लीबहादुर चेम्जोङ र कोषाध्यक्षमा उर्लाबारी–५ की सिमला लावती सर्वसम्मत चयन हुनुभएको छ । सदस्यहरुमा बुद्धमाया तामाङ, बीरमान तामाङ,सरिता मोक्तान, मन्जु भुजेल, कविता धिमाल, सूर्य सुव्बा, खगेन्द्र शेर्मा, देवीमाया तामाङ र अमृत लामा सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेस उर्लाबारीका सभापति सुरेन्द्र लिम्बूले जानकारी दिनुभयो । काँग्रेसको १३ भातृ संगठन मध्येको एक संगठनलाई चलायमान बनाउनका लागि अधिवेशन गरी नयाँ नेतृत्व चयन गरिएको उहाँको भनाई छ ।